गजल

बुधबार, २५ मंसिर २०७६, १६ : ४२
गजल

– निष्प्रभ सजी

घामलाई पनि साँझ पख घर फर्किनु पर्ने भयो
उज्यालो किन्न नसक्नेहरूले, बिहानीसम्म पर्खिनु पर्ने भयो

मन नमिलाइकन शरीर मिलाएछौ तिमीहरूले
हेर त नानीहरू छुट्टाछुट्टै हुर्किनु पर्ने भयो

माया लिएकाहरुले कहिल्यै चोट दिने छैनन्
भन्ने भ्रम बाट म पनि अब ब्युँझिनु पर्ने भयो

नजिकको हुन टाढा बस्नुपर्छ भन्ने थाहा पाएपछि
केही प्रिय आफन्तहरूसँग अब टाढिनु पर्ने भयो ।

श्रीमती फर्किन्न भन्छिन्, बा आमाले फर्क भन्नुहुन्छ
म एउटा, आधा सिड्नी, आधा पोखरा, बाँडिनु पर्ने भयो ।

प्रतिक्रिया दिनुहोस