हेटौँडा । हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा मंगलबार राति भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको ट्रिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ । त्यस्तै राति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको छ । मृतकको सनाखत हुनसकेको छैन । सोही दुर्घटनामा परि मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर छन् । मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बैतडीमा ट्रक दुर्घटना, ४ जना घाइते
बन्दीपुरमा ट्रक पल्टिँदा दुई जना घाइते
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते