साग फुटबलको फाइनलमा नेपाल विजयी

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १६ : ५६
साग फुटबलको फाइनलमा नेपाल विजयी

काठमाडौँ । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपाल २-१ को गोल अन्तरले विजयी भएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो । नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् ।

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरे  । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो ।

राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस