लक्ष्मणलाल कर्णको गाडीले मोटरसाइकललाई ठक्कर दियो

सोमबार, २३ मंसिर २०७६, १६ : ०६
लक्ष्मणलाल कर्णको गाडीले मोटरसाइकललाई ठक्कर दियो

काठमाडौं ।  संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णको गाडीले मोटरसाइकललाई ठक्कर
दिएको छ । 

सिंहदरबार पश्चिम मूल ढोकाअघि सोमबार संसद्को सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका छन् ।

मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । घाइते बरालको काठमाडौं मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं। को कर्ण चढ्ने स्कार्पियो गाडीले ठक्कर दिएको थियो ।



 

प्रतिक्रिया दिनुहोस