४० देशका पर्यटन मन्त्रीको सहभागितामा नेपाल भ्रमण वर्षको शुरुवात

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १२ : ५६
४० देशका पर्यटन मन्त्रीको सहभागितामा नेपाल भ्रमण वर्षको शुरुवात

काठमाडौँ । सरकारले नेपाल भ्रमण वर्ष जनवरी १ बाट भव्य कार्यक्रमको आयोजना गरि शुरुवात गर्ने भएको छ । भ्रमण वर्षको प्रचारप्रसार र पर्यटक भित्रयाउने उद्येश्यले उदघाटनकै दिन ४० मुलुकका पर्यटन मन्त्रीलाई नेपाल आमन्त्रण गर्ने तयारी गरिएको  छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली दूतावास रहेका विभिन्न ४० राष्ट्रका पर्यटनमन्त्रीहरुलाई आमन्त्रण गरिएको उनले बताए । जनवरी १ मा भव्य रुपमा भ्रमण वर्ष उदघाटन गर्ने तयारी भइरहेको बताउदैं उनले विदेशमा समेत भव्य रुपमा भ्रमण वर्ष उदघाटन गरिने बताए ।

गैरआवासीय नेपालीहरुको सहकार्यमा विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्ष उद्घाटन हुनेछ । विदेशमा भने जनवरी १ मा सार्वजनिक बिदा हुने भएकाले जनवरी ७ मा मात्र उदघाटन कार्यक्रम हुने जनाइएको छ । सरकारले भ्रमण वर्ष उदघाटन स्थलको रुपमा दशरथ रंगशालालाई छनौट गरेको छ ।

रंगशाला हालै पुर्न निर्माण गरिएको ठुलो संख्यामा सहभागी अट्न सक्ने भएकाले यो स्थान छनौट गरेको जनाएको छ ।  भ्रमण वर्ष उद्घाटनका लागि सातवटै प्रदेशमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना हुने छ । प्रदेशहरुले आफ्नो अनुकुल समयमा भ्रमण वर्ष उदघाटन कार्यक्रम आयोजना गर्नेछन् ।  यता देशभित्रै रहेका पर्यटकिय स्थलहरुमा पनि भ्रमण वर्षको शुरुवात विशेष कार्यक्रमको आयोजना गर्ने गरि  तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस