काठमाडौं । प्रधानमन्त्री केपी ओलीको बालुवाटारभित्रकै नयाँ डेरामा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भेट गरेका छन् । आइतबार साँझ पार्टी सचिवालय बैठकको तयारीका क्रममा प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका थिए । दुई नेतासँगको भेटमा साथमै थिए– महासचिव विष्णु पौडेल पनि ।
ओली अस्पतालवाट डिस्चार्ज भएपछि प्रचण्ड बालुवाटार पुग्न भ्याएका थिएनन् । सुदुरपश्चिम प्रदेशको वित्तिय सम्मेलनमा सहभागी हुनका लागि बिहिवार धनगढी पुगेर शनिवार दिउँसो फर्केका दाहाल बालुवाटार पुगेका थिएनन् ।अस्पतालमा रहँदा भने दाहाल तीन पटक पुगेका थिए । प्रदेश २ को बारामा आयोजित प्रदेश कमिटिको कार्यक्रममा सहभागी भई काठमाडौं फर्केका १० मंसिरमा उनी पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेतासँगै अस्पताल पुगेका थिए ।
त्यस दिन प्रचण्डले प्रधानमन्त्रीलाई भेटन पाएनन् । त्यसपछि अर्काे दुई पटक भने उनले अस्पताल पुगेर प्रधानमन्त्रीसँग भेट गरेर स्वास्थ्य अवस्था बुझने देखि पार्टी बैठक बोलाउने विषयमा केन्द्रीत रहेर कुराकानी गरेका थिए । ओलीसँगको छलफलकै आधारमा गत १८ मंसिरमा प्रचण्डले पार्टी सचिवालय बैठक बोलाए । उनको अध्यक्षतामा नेकपामा दोश्रो पटक बैठक बस्यो । त्यो बैठकले पार्टी कामको ठोस प्रस्ताव ल्याउन प्रचण्डलाई निर्देशन दिएको थियो ।
उपचुनावको सुक्ष्म समिक्षा गर्ने भन्दै चुनाव भएका ३७ जिल्लाकै ५२ स्थानको समिक्षात्मक रिर्पोट मगाउने सम्मका निर्णय गरेको थियो । प्रचण्ड पार्टीको ६ महिने कार्ययोजना प्रस्ताव तयार पार्न जुटेका थिए । त्यस क्रममा उनले पार्टी शीर्ष नेताहरुसँगको अनौपचारिक सम्वाद गरेर कार्ययोजना प्रस्ताव तयार पारेका थिए । आईतबार साँझ ५ बजे बालुवाटार प्रवेश गरेका प्रचण्डले त्यहाँ पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग त्यही विषयमा केन्द्रीत रहेर कुराकानी गरेको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीलाई आफुले तयार पारेको संक्षिप्त पार्टी कामको रुपरेखा प्रचण्डले पढेर सुनाएका थिए । त्यसमा ओलीले खासै ‘अब्जेसन’ नदेखाएको सुत्र बताउँछ । त्यसपछि बैठक बालुवाटारमा राख्ने की धुम्बाराही पार्टी कार्यालयमै भन्नेमा दुई नेताबिच छलफल चल्यो । ओलीले भने–‘चिकित्सकहरुले अझै एक साता बाहिर हिडडुल गर्न, लामो समय बैठकमा सहभागी नहुन आग्रह् गरिरहेका छन्, तपाईहरु बैठक बस्नुहोस, सोमबार म सहभागी हुन्न ।’ त्यसपछि नै नेकपा सचिवालय बैठक धुम्बाराही मै बस्ने तय भएको हो ।
ओली सहभागी नहुने भएपछि नेकपा सचिवालय बैठक आज धुम्बाराहीमा बस्न लागेको छ । दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा प्रचण्डले आफनो तर्फवाट तयार पारेको कार्ययोजनाको प्रस्ताव राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ मंसिर २०७६, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन