काठमाडौं । बालुवाटरमा रहेको प्रधानमन्त्री निवास भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि भिआईपीहरुको आवास पनि अदलबदल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालेपछि भीआईपीहरु बस्दै आएका निवासहरु अदलबदल गरिएका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री १० दिनको अस्पताल बसाईपछि बालुवाटर प्रवेश गरेको भोलिपल्टैबाट प्रधानमन्त्रीको निवास भत्काउन शुरु गरेको हो । त्योसँगै प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायतको आवास अदलबदल भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री निवाससँगै प्रधानन्यायधिस, मुख्य सचिव, प्रतिनिधीसभाका सभामुख लगायतका निवासहरु सँगसँगै जस्तो छ । प्रधानमन्त्रीको सरकारी निवास भत्काएपछि भीआईपीहरुको बसोबास अदलबदल गरेर व्यवस्थापन गर्ने प्रयास भएको छ । प्रधानमन्त्री ओलीलाई मुख्य सचिव बस्दै आएको निवासमा सारिएको छ । मुख्य सचिवको निवासमा यस अगाडी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना बस्दै आएका थिए ।
तिमल्सिनालाई भने सभामुख निवासमा सारिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा संसदकै एक कर्मचारीसँगको यौन विवादमा परेपछि अहिले जेलमा छन् । उनले त्यो स्थान छोडेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालाई त्यहाँ सारिएको छ । २८ करोड रुपैयाँ लगाएर प्रधानमन्त्री निवास बनाउन लागिएको छ ।
बालुवाटारभित्र प्रधानमन्त्रीका लागि निजि र सार्वजनिक भवन गरी दुईवटा बनाउने तयारी छ । दुवै भवन एकैपटक बनाउने गरी तयारी थालिएको छ । प्रधानमन्त्रीको भवन ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तयारी भईरहेको बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ मंसिर २०७६, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति