काठमाडौं । बालुवाटरमा रहेको प्रधानमन्त्री निवास भत्काएर नयाँ भवन निर्माण गर्न थालेपछि भिआईपीहरुको आवास पनि अदलबदल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालेपछि भीआईपीहरु बस्दै आएका निवासहरु अदलबदल गरिएका छन् ।
शहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री १० दिनको अस्पताल बसाईपछि बालुवाटर प्रवेश गरेको भोलिपल्टैबाट प्रधानमन्त्रीको निवास भत्काउन शुरु गरेको हो । त्योसँगै प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायतको आवास अदलबदल भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री निवाससँगै प्रधानन्यायधिस, मुख्य सचिव, प्रतिनिधीसभाका सभामुख लगायतका निवासहरु सँगसँगै जस्तो छ । प्रधानमन्त्रीको सरकारी निवास भत्काएपछि भीआईपीहरुको बसोबास अदलबदल गरेर व्यवस्थापन गर्ने प्रयास भएको छ । प्रधानमन्त्री ओलीलाई मुख्य सचिव बस्दै आएको निवासमा सारिएको छ । मुख्य सचिवको निवासमा यस अगाडी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना बस्दै आएका थिए ।
तिमल्सिनालाई भने सभामुख निवासमा सारिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा संसदकै एक कर्मचारीसँगको यौन विवादमा परेपछि अहिले जेलमा छन् । उनले त्यो स्थान छोडेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालाई त्यहाँ सारिएको छ । २८ करोड रुपैयाँ लगाएर प्रधानमन्त्री निवास बनाउन लागिएको छ ।
बालुवाटारभित्र प्रधानमन्त्रीका लागि निजि र सार्वजनिक भवन गरी दुईवटा बनाउने तयारी छ । दुवै भवन एकैपटक बनाउने गरी तयारी थालिएको छ । प्रधानमन्त्रीको भवन ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी तयारी भईरहेको बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ मंसिर २०७६, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता