सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।
त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ मंसिर २०७६, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते