चलचित्र 'कबड्डी कबड्डी कबड्डी'को विशेष शो सिजील्याण्डमार्कमा

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १५ : ४३
चलचित्र 'कबड्डी कबड्डी कबड्डी'को विशेष शो सिजील्याण्डमार्कमा

चितवन । विगत एक दशक अगाडिबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एक मात्र संस्था लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको चलचित्र 'कबड्डी कबड्डी कबड्डी'को विशेष शोको लागि हाँस्यव्यग्य क्षेत्रका मुर्धन्य व्यत्तित्व वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चितवन आउने भएका छन् ।

श्रेष्ठसहित अन्य चर्चित कलाकार यही मसीर २३ गते सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा हुने विशेष शोमा आउने भएका हुन् । उनको साथमा चर्चित एव लोकप्रीय कलाकार विपिन कार्की, नायिका वर्षा राउत, हास्य कलाकार बुद्धी तामाङ, अभिनेत्री तथा निर्मात्री रोशनी केसीसहित रंग पत्रकार बिना श्रेष्ठ रहेका छन् ।

पछिल्लो समय कलाकारीता क्षेत्र धराशायी बन्दै गइरहेका बेला  नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरुलाई यहाँ ल्याउन लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ूलक्कीूले जानकारी दिए । उनका अनुसार सो अवसरमा विभिन्न सिनेक्षेत्रका हस्ती, व्यवसायी तथा समाजसेवीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसले कलाक्षेत्र र कलाकारलाई थप प्रोत्साहन मिल्ने कार्कीको भनाई छ ।

विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आवद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया  हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस