रणवीर र दीपिका फेरि नजिकिए

शुक्रबार, २० मंसिर २०७६, ०८ : १३
रणवीर र दीपिका फेरि नजिकिए

काठमाडौँ । बिबाहपछि अभिनेत्री दीपिका पादुकोण फिल्ममा सक्रियरुपमा प्रस्तुत हुन थालेकी छन् । पछिल्लो फिल्म छपाकको सम्पूर्ण काम सकेकी यी अभिनेत्री फेरि यतिबेला पूर्वप्रेमी रणवीर कपूरसँग नयाँ फिल्ममा जोडिएकी छिन् । यसैबीच रणवीर कपूर र दीपिका फेरि नजिक भएका छन् । नयाँ फिल्म तमासामा अभिनेत्री दीपिकासँग अभिनेता रणवीर कपूर यसअघि नै जोडिएका हुन् । 
अहिले फेरि अर्को नयाँ फिल्ममा अजय देवगणसँगै अभिनेत्री दीपिका र अर्का अभिनेता रणवीर जोडिएका हुन् । प्रेम सम्बन्ध टुटेपछि केही समय रणवीर दीपिकाको बोलचाल थिएन । तर पछिल्लो समय रणवीर सिंहसँग दीपिकाको बिबाह भएपछि उनले कपूरसँग पनि सम्बन्ध राम्रो बनाएकी समाचारमा जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस