विद्यार्थीले लगाएको ताला प्रहरीले खोल्यो

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १८ : ५४
विद्यार्थीले लगाएको ताला प्रहरीले खोल्यो

चितवन । चितवन मेडिकल कलेजको शैक्षिक भवनको प्रशासनमा विद्यार्थीले लगाएको ताला प्रहरीले बल प्रयोग गरी खोलेको छ ।

आफूहरुले लगाएको ताला  समन्वय नगरी खोलेको भन्दै विद्यार्थीहरुले विरोध गरेका थिए । विरोधपछि प्रहरीले लाठ्ठी प्रहार गरी आधा दर्जन बढी विद्यार्थीलाई घाइते बनाएको विद्यार्थी कला अधिकारीले बताइन् ।

विद्यार्थी मान्यता थापाले आफूहरुले लगाएको ताला कलेज प्रशासनले बल प्रयोग गरी खोलेको बताइन् । केही विद्यार्थी घाइतेसमेत भएका उनी बताउँछिन् । बुधबार चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले वार्षिक परीक्षा नै बहिष्कार गरी प्रवेशपत्र जलाएका थिए । 

प्रतिक्रिया दिनुहोस