प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने अस्पतालको तयारी

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, ०८ : १४
प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने अस्पतालको तयारी

काठमाडौं । १० दिन देखि अस्पताल भर्ना भएर उपचार गराईरहेका प्रधानमन्त्री केपी ओलीलाई आज (बिहिबार) अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।  १२ वर्ष अगाडी फेरेको मृगौलाले प्रभावकारी रुपमा काम नगरिरहेका बेला अकस्मात भएको ‘एपेन्डिसाइटिस’ ले ओलीलाई अस्पतालमै भर्ना गर्नुपरेको थियो ।

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । यसै बिच उनलाई अस्पतालमै दुई पटक मृगौलाको डायलासिस पनि गरिएको छ । एपेन्डिसाइटिस शल्यक्रियापछिको स्वास्थ्य अवस्था तिब्र गतिमा सुधारोन्मुख भएको कारण प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने र त्यसपछिको अवस्था हेरेर चिकित्सकहरुसँगकै सल्लाहमा मृगौला पून प्रत्यारोपण या नियमित डायलासिसका विषयमा आवश्यक निर्णय लिइने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए । 

अस्पताल बसाई लम्बिन थालेपछि प्रधानमन्त्री ओलीले आफै अस्पताल छोडेर बालुवाटार जाने चिकित्सकहरुलाई बताउन थालेका छन् । प्रधानमन्त्रीले नै अस्पतालवाट छिटो निस्कने रुची देखाईरहेपछि हिजै (बुधबार) डिश्चार्जको प्रयास थालेको थियो ।  तर एकपटक फेरि सम्पूर्ण स्वास्थ्य परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने तयारी गरेपछि यसबारे चिकित्सकहरुले सम्भवत आजै निर्णय लिने बताईएको छ । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने ।

त्यो छिटै भनेको बिहिवार सम्म हुन सक्ने अस्पताल श्रोतको भनाई छ । प्रधानमन्त्री ओली स्वयंले आफनो स्वास्थ्य अवस्थालाई लिएर अनेक टिकाटिप्पणी हुन थालेपछि अस्पताल बसाई छोटयाउन खोजेका हुन् । अस्पताल बसाईका क्रममा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्ने सन्र्दभमा प्रधानमन्त्रीको सचिवालय र चिकित्सकहरुका बीचमै  मतभेद देखिदै आईरहेको छ । सचिवालयका कतिपय सल्लाहकारले चिकित्सकहरुलाई पनि आफुहरुभन्दा बाहिर गएर स्वास्थ्य अवस्थाका बारेमा बिफ्रिड नगरिदिन दबाब बढाईरहेका छन् ।

यो विवादले गर्दा चिकित्सक र नीजि सचिवालयका सदस्यहरु बिचको सम्बन्ध राम्रो बन्न सकिरहेको छैन । स्वास्थ्यमा क्रमिक सुधार आएका कारण ओलीले अस्पताल बसाई छोट्याउन डाक्टरहरुसँग आग्रह गरेपछि आजै सम्भववत डिस्चार्जमा लगिने गरी तयारी भएको अस्पताल प्रशासनले बताएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस