काठमाडौं । १० दिन देखि अस्पताल भर्ना भएर उपचार गराईरहेका प्रधानमन्त्री केपी ओलीलाई आज (बिहिबार) अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । १२ वर्ष अगाडी फेरेको मृगौलाले प्रभावकारी रुपमा काम नगरिरहेका बेला अकस्मात भएको ‘एपेन्डिसाइटिस’ ले ओलीलाई अस्पतालमै भर्ना गर्नुपरेको थियो ।
एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । यसै बिच उनलाई अस्पतालमै दुई पटक मृगौलाको डायलासिस पनि गरिएको छ । एपेन्डिसाइटिस शल्यक्रियापछिको स्वास्थ्य अवस्था तिब्र गतिमा सुधारोन्मुख भएको कारण प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने र त्यसपछिको अवस्था हेरेर चिकित्सकहरुसँगकै सल्लाहमा मृगौला पून प्रत्यारोपण या नियमित डायलासिसका विषयमा आवश्यक निर्णय लिइने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए ।
अस्पताल बसाई लम्बिन थालेपछि प्रधानमन्त्री ओलीले आफै अस्पताल छोडेर बालुवाटार जाने चिकित्सकहरुलाई बताउन थालेका छन् । प्रधानमन्त्रीले नै अस्पतालवाट छिटो निस्कने रुची देखाईरहेपछि हिजै (बुधबार) डिश्चार्जको प्रयास थालेको थियो । तर एकपटक फेरि सम्पूर्ण स्वास्थ्य परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने तयारी गरेपछि यसबारे चिकित्सकहरुले सम्भवत आजै निर्णय लिने बताईएको छ । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले भने ।
त्यो छिटै भनेको बिहिवार सम्म हुन सक्ने अस्पताल श्रोतको भनाई छ । प्रधानमन्त्री ओली स्वयंले आफनो स्वास्थ्य अवस्थालाई लिएर अनेक टिकाटिप्पणी हुन थालेपछि अस्पताल बसाई छोटयाउन खोजेका हुन् । अस्पताल बसाईका क्रममा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्ने सन्र्दभमा प्रधानमन्त्रीको सचिवालय र चिकित्सकहरुका बीचमै मतभेद देखिदै आईरहेको छ । सचिवालयका कतिपय सल्लाहकारले चिकित्सकहरुलाई पनि आफुहरुभन्दा बाहिर गएर स्वास्थ्य अवस्थाका बारेमा बिफ्रिड नगरिदिन दबाब बढाईरहेका छन् ।
यो विवादले गर्दा चिकित्सक र नीजि सचिवालयका सदस्यहरु बिचको सम्बन्ध राम्रो बन्न सकिरहेको छैन । स्वास्थ्यमा क्रमिक सुधार आएका कारण ओलीले अस्पताल बसाई छोट्याउन डाक्टरहरुसँग आग्रह गरेपछि आजै सम्भववत डिस्चार्जमा लगिने गरी तयारी भएको अस्पताल प्रशासनले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ मंसिर २०७६, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ