उपत्यकाका सार्वजनिक जग्गा हडप्नेहरू कारबाहीमा पर्ने

पत्रपत्रिकाबाट

बुधबार, १८ मंसिर २०७६, ०८ : ०९
उपत्यकाका सार्वजनिक जग्गा हडप्नेहरू कारबाहीमा पर्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा वर्षौ अघि देखि अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गा माथिको अतिक्रमण हटाउने भएको छ । विभिन्न बहानामा सरकारी जग्गा हडप्नेहरू माथि समेत कारबाही गर्ने सरकारले तयारी गरेको छ ।

काठमाडौं उपत्यकाभर सैयौँ रोपनी सरकारी जग्गा वर्षौँ अघिदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका छन् । केही भू–माफियाले सरकारी जग्गा गरी प्लटिङ गरेर बिक्री वितरण समेत गरिसकेको बताइएको छ । त्यस्ता जग्गाको समेत खोजी गरी फिर्ता गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्ययोजना नै बनाएर अतिक्रमण हटाउने तयारी थालेको हो । गृह मन्त्रालयको निर्देशनमा उपत्यकाका सबै सरकारी जग्गाको अतिक्रमण हटाउने गरी आवश्यक गृहकार्य अघि बढाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस