सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी

पत्रपत्रिकाबाट

बुधबार, १८ मंसिर २०७६, ०८ : ००
सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी

काठमाडौं । सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी चलेको छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् ।

भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले नेपाली पक्ष राजनीतिक खपताका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डियन एक्सप्रेस’ मा लेखमार्फत लगाएका थिए । उनको आलेखलाई राष्ट्रसंघका प्रतिनिधिसमेत भएका आचार्यले खण्डन गरेका हुन् । आचार्यले उक्त अभिव्यक्त झुटो रहेका बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस