द फुडकोर्ट र द बृज क्याफे पिजा हाउसको कम्प्युटर राजस्व कार्यालयद्वारा जफत

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १६ : १८
द फुडकोर्ट र द बृज क्याफे पिजा हाउसको कम्प्युटर राजस्व कार्यालयद्वारा जफत

चितवन । भरतपुरमा रहेको भाटभटेनीको द फुडकोर्ट र पुलचोकको द बृज क्याफे पिजा हाउसले नक्कली बिल जारी गरेर राजस्व छलेको भन्दै राजस्व कार्यालयले कम्प्युटरसहित बिल जफत गरेको छ । 

भरतपुर महानगरले मंगलबार संयुक्त रुपमा गरेको बजार अनुगमनका क्रममा राजस्वले यिनीहरुको बिलसहित कम्प्युटर जफत गरेको हो । महानगरका अनुगमन अधिकारी देवीप्रसाद आचार्यसहितको संयुक्त अनुगमन टोलीले भरतपुरको भाटभटेनीको द फुडकोर्ट र नारायणगढ पुलचोकको द बृज क्याफे पिजा हाउस एण्ड ट्रेडिङ सेन्टरको अनुगमन गरेको थियो । 

यी दुई ब्यावसायिक प्रतिष्ठानका बिरुद्धमा जिल्ला प्रशासनदेखि राजस्व कार्यालयमा समेत राजस्व छलीको उजुरी परेकाले यसको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन अधिकारी उमेशचन्द्र पन्थीले बताउनु भयो । अनुगमनका क्रममा द बृज क्याफे पिजा हाउसको खरिद र बिक्री बिल समेत हेरिएको र यसअघि नै राजस्वले कमप्युटरसहित बिल जफत गरिसकेकोले खासै अन्य केहि हेर्नु पर्ने अवस्था नभेटिएको उहाँको भनाई छ । 

आफूहरुले त्यसका बिषयमा आएका गुनासाका बिषयमा क्याफेका सन्चालक श्रीराम पन्तसंग जानकारी लिएको भरतपुर महानगरका अनुगमन अधिकारी देवीप्रसाद आचार्यले बताउनु भयो । 
भाटभटेनिमा रहेको द फुडकोर्टको अनुगमन गरिएको र यसको पनि यसअघि नै  राजस्व कार्यालयले फर्जी बिल दिएको उजुरीका आधारमा कम्युटरसहित बिलहरु जफत गरेको पाइएको उहाँको भनाई छ । अनुगमन टोलीमा राजस्व कार्यालय चितवनका सुब्बा रामकृष्ण श्रेष्ठ, महानगरको राजस्व शाखाका सुब्बा जयराम भण्डारीसहित नगर प्रहरीको टिम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस