काठमाडौं । नेपालको राजनीतिमा अहिले एउटा नयाँ बहस शुरु भएको छ । बहस शुरुआत गरेका हुन्,– लेखक तथा विश्लेषक सौरभले । केही वर्ष यता, नेपालको राजनीतिको गहन अध्ययन गरिरहेका र आफुले गरेका विश्लेषण समय अनुसार मिल्दो पनि देखिएको बताउँदै आएका लेखक सौरभले राजनीतिमा फेरि एउटा नयाँ बहस शुरु गरेका छन् ।
सुन्दा यस्तो कसरी हुन्छ ? यो पनि सम्भव छ र ? जो कोहीले सुन्ने वित्तिकै प्रश्न गरिहाल्छन् । तर, त्यस्तै अब्बल सम्भावना नेपालको राजनीतिमा विकसित हुदै गएको तर्क उनले अगाडी सारेका छन् । उनको तर्क हो, – केपी ओली पछि नेपालको प्रधानमन्त्रीमा राष्ट्रपति विद्या भण्डारी आउनेछिन् । बहालवाला राष्ट्रपति कसरी प्रधानमन्त्रीमा आउन सक्छन् ? तर कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीमा भण्डारी आउन लालायित रहेको र त्यसको राजनीतिक वातावरण निर्माणका लागि भित्री खेलहरु भईरहेको सौरभले बताएका छन् ।
सोमबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिदै सौरभले ओली पछिको प्रधानमन्त्रीका रुपमा पहिलो नम्बरमा राष्ट्रपति भण्डारी र दोश्रो नम्बरमा इश्वर पोखरेलको सम्भावना रहेको बताए । त्यसपछि नै एकाएक यो विषय राजनीतिक रंगमञ्चमा चर्चामा आएको हो । उनले यस अगाडी ओली प्रधानमन्त्री बन्ने तर उनले चिनसँगको पारवाहन सम्झौता पहिलो प्रधानमन्त्री कालमा गरेको एउटा राम्रो काम भएपनि त्यसपछि उनले खास काम देखाउनै नसक्ने ठोकुवा गरेका थिए ।
उनले टेलिभिजन अन्र्तवार्तामा भनेका छन्,–‘मेरो पहिलेको तर्कमा कुनै प्रश्न छ र ? त्यही हो, अहिले मान्छेलाई यस्तो कसरी भन्ने प्रश्न उठ्ला तर, हुने म त्यही देखिरहेको छु, ओली पछि विद्या भण्डारी प्रधानमन्त्री बन्नेछिन् ।’ नेपाल खासगरी भारतको खेल मैदान बन्दै गएको र पश्चिमाहरुले पनि भारत मार्फत नै नेपालमा गतिविधि गरिरहेको विश्लेषण सौरभले गरेका थिए ।
उनले अन्य नेताहरु विदेशीका लागि टेष्टेड भईसकेको र अब बाँकी टेष्टेडका लागि राष्ट्रपति भण्डारी र अहिलेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल मात्र सम्भावनाका पात्र भएको टिप्पणी गरे । उनले भने,–‘भण्डारी र पोखरेल टेष्टेड नभएकै कारण उनीहरुको काँध माथी बन्दुक राखेर पड्काउने योजना बनाई राखिएको छ । त्यसकारण ओली पछि विद्या प्रधानमन्त्री हुन्छिन्, दोश्रोमा पोखरेल ।’
नेपालको राजनीतिमा उनको राजनीतिक विश्लेषणलाई अब्बल विश्लेषणका रुपमा लिइने गरिन्छ । तर सोमबारको अन्र्तवार्तामा उनले गरेको त्यस्तो तर्कलाई पुष्टि गर्ने आधार र तथ्यका विषयमा भने उनले धेरै खुलाएका छैनन । उनले यतिमात्र भनेका छन्,–‘यो राजनीतिक घटनाक्रमले पछि बताउँदै जानेछ । यति पनि नबुझने गरी म टिप्पणी गर्ने मान्छे होइन ।’
कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणमा सरकारले पहलकदमी लिन नसकेको, प्रतिपक्षलाई समेत सर्वपक्षिय बैठकमा राखेर ओलीले गल्ती गरेको उनको ठम्याई थियो । प्रतिपक्षलाई बाहिर राखेर सरकारलाई खबरदारी गर्न नदिनु सरकारको कालापानी क्षेत्रको मुद्धामा कमजोरी भएको उनले तर्क गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ मंसिर २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ