पढ्नुहोस्, महिलामा देखिन सक्ने क्यान्सरका ८ लक्षण

सोमबार, १६ मंसिर २०७६, १४ : ३१
पढ्नुहोस्, महिलामा देखिन सक्ने क्यान्सरका ८ लक्षण

काठमाडौं । यदि तपाईले स्तनमा गोलीगाँठा भेटाउनुभयो भने के गर्नु हुन्छ ? क्यान्सरको लक्षण हुन सक्छ या सक्दैन एकचोटी पक्कै सोच्नुपर्छ । त्यसैगरी यदि घाँटी सुन्निएको छ, छालामा निको नहुने डल्लो, कुनै अंगको निको नहुने दुखाइ आदि समस्या आइरहेको छ भने सजगता अपनाउनुपर्छ । यो टिप्समा नाक, कान तथा घाँटी, स्तन, रगत, फोक्सो, छाला तथा विभिन्न प्रकारका क्यान्सरका लक्षणहरु देखाउन खोजिएको छ । 

हड्डी दुख्नु
हड्डी दुखाइ घाउचोटपटक, संक्रमण तथा हड्डीसम्बन्धी समस्याले हुन सक्छन् तर यी क्यान्सरका लक्षण पनि हुन सक्छन् । यदि तपाईको ढाड, कम्मर, करङहरु दुख्छ भने सजग हुनुपर्छ । हाडजोर्नी दुखेर ज्वरो आउने, थकान महसुस हुने वा तौल कम भएको छ भने त्यो ल्युकेमियाको लक्षण हुन्छ सक्छ । बोन म्यारो वा रगतको क्यान्सरका लक्षण हुन सक्छन् । 

दाना जस्तो डण्डिफोर 
छालाका क्यान्सरका बिरामी पछिल्लो समय धेरैदेखिएका छन् । जसको मुख्य कारण सुर्यको अल्ट्राभ्वाइलेट किरणसँगको प्रत्यक्ष सम्पर्क भन्ने देखिएको छ । यदि गाला तथा नाकमा गोलो मोती दाना जस्तो डण्डिरफोर देखियो र त्यसले निको हुने छाँटकाट नै देखाउँदैन भने क्यान्सरको लक्षण हुन सक्छ । ६ देखि ८ हप्ता सम्म त्यो दाना रहिरह्यो भने उपचार गराउनुपर्छ । 

लामो समयसम्म चिलाउने 
सुन्दा पत्यार लाग्दैन तर छाला लामो समयसम्म चिलाउनु पनि क्यान्सरको लक्षणमध्येको एक हुन सक्छ । लिम्फोमाको लक्षण हुन सक्छ । धेरै जसो छालाको समस्या भए छालारोग विशेषज्ञ कहाँ जाने भेटिन्छन् । यदि तपाईले पहिले छालारोगकोमा गइसक्नुभएको छ र सुधार भएन भने क्यान्सररोग विशेषज्ञसँग जचाउन सकिन्छ । 

कान दुख्ने 
यदि तपाईको कान लगातार दुखिरहेको छ र कुनै संक्रमण पनि भएको छैन भने त्यसको संकेत के त? त्यो कानको समस्या नहुन सक्छ । त्यो दुखाइ कानको नसाबाट टाउको वा घाँटीसम्म पुगिरहेको हुन सक्छ । जुन मुखको क्यान्सरको लक्षण हुन सक्छन्। त्यसैगरी जिब्रोको पछाडी र तन्सिलमा पनि क्यान्सर देखिन सक्छ । 

योनीबाट रगत बग्नु 
अनियमित महिनावारी हामोर्नको गडबडीले हुन सक्छ। तर कहिलेकाहीँ महिनावारी गडबडी गर्भासयको क्यान्सर पनि हुन सक्छ । मेनोपजपछि पनि रगत बग्नु सामान्य होइन । त्यसैले ख्याल गर्नुपर्ने हुन्छ । चिकित्सकहरुले बताए अनुसार गर्भासयको क्यान्सर धेरैजसो पहिलो स्टेजमा थाहा पाइन्छ र निको हुने धेरै सम्भावना हुन्छ । 

पिसाबको समस्या 
पिसाबको समस्या धेरै जसो महिलामा देखिने गरेको । विशेषगरी यसको संक्रमण हुने र टाइप टु डायबेटिजले गर्दा पनि पिसाबको समस्या महिलाले भोग्छन् । पिसाबको समस्या पत्थरीको संकेत पनि हुन सक्छ । उदि पिसाबमा रगत देखिएको छ भने त्यो मुत्रथैली वा मिर्गौलाको क्यान्सर हुन सक्छ । 

एनिमिया 
यदि तपाईको दिसामा रगत देखियो(पाइल्स रोगबाहेक) भने त्यो ठूलो आन्द्राको क्यान्सर हुन सक्छ । एनिमियाले तपाईलाई थकान महसुस गराउने, चक्कर लगाउने जस्ता लक्षण गराउन सक्छ जुन क्यान्सरका लक्षण हुन सक्छन् । 

घाँटीमा गोलीगाँठा 
सबै गोलीगाँठा र डल्लोहरु क्यान्सरको लक्षण होइनन्। घाँटीमा आउने सुन्निएको डल्लो कुनै संक्रमण वा बढिरहेको ट्यमुर हुन सक्छ । यदि घाँटीको बीच भाग जहाँ थाइरोड हुन्छ त्यहाँ सुन्निएको छ भने क्यान्सरको परिक्षण भने गराउनुपर्छ । महिलामा थायराइड क्यान्सरको सम्भावना पुरुषभन्दा ३ गुणाले बढी हुन्छ । खुसीको कुरा भने यो क्यान्सर धेरै छिटो फैलिँदैन र यसको उपचारमा निको हुने धेरै सम्भावना हुन्छ ।

स्तन सुन्निनु
यदि स्तन अरुबेला भन्दा असामान्य देखिन्छ जस्तै दुखाइ, रातोपन, सुनिएको छ भने स्तनमा संक्रमण भएको हुन सक्छ । स्तन क्यान्सरको पनि उस्तै लक्षण हुन्छन् । कुनै–कुनै महिलामा स्तनको छाला एकदम बाक्लो हुँदै जाने हुन्छ त्यो पनि स्तन क्यान्सरको लक्षण हो । यो एकदम छिटो फैलन सक्छ । 

चिकित्सकहरुले बताए अनुसार क्यान्सर रोग समयमै नै पहिचान गर्न सके निको हुने रोग हो । यदि तपाईलाई यी मध्ये कुनै लक्षण पनि देखिएका छन् भने विशेषज्ञ डाक्टरसँग जचाइँहाल्नुस् । - हेल्थ डटकमबाट