चितवन । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु