चितवन । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु