धरानमा तोडियो कम्युनिष्ट लालकिल्ला

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, ०९ : ४०
धरानमा तोडियो कम्युनिष्ट लालकिल्ला

काठमाडौं । २०४८ साल देखि निरन्तर कम्युनिष्टहरुले आफ्नो पकडमा राख्दै आएको धरान उपमहानगरपालिकामा काँग्रेसले आफनो झण्डा गाढेको छ ।२८ वर्षदेखिको कम्युनिष्ट लालकिल्ला काँग्रेसले यसपटक तोडेको हो । धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपचुनावमा काँग्रेसका तिलक राईले जित निकालेर कम्युनिष्ट किल्ला पहिलो पटक तोडेका हुन् । उनले नेकपाका प्रकाश राईलाई झण्डै २५ सय मत अन्तरले पछि पादैं आफनो जित निकालेका हुन् । यद्यपी चुनावी परिणाम घोषण हुन भने बाँकी छ ।

यस अगाडीको स्थानिय तहमा पनि नेकपाले मेयर पद जितेको थियो । नेकपाका तारा सुब्बाले चुनावमा जित निकालेर काँग्रेसका तिलक राईलाई नै हराएका थिए । काँग्रेसका राई धरान नगर सभापति पनि हुन् । गत स्थानिय तह चुनावमा तत्कालिन एमाले एक्लैले जित निकालेको धरान उपमहनगरपालिकामा यसपटक माओवादी एमाले एक हँुदा पनि काँग्रेसले लालकिल्ला तोडन सफल हुनुले नेकपाभित्रै अन्तरघात प्रमुख कारण रहेको हुनसक्ने स्थानिय नेकपाका नेताहरु बताईरहेका छन् ।

केन्द्र, प्रदेश र स्थानिय तीन वटै तहका सरकारमा नेकपाको वर्चश्व रहेका बेला भएको यो उपचुनावलाई जनमत संग्रहकै रुपमा पनि लिईएको थियो । तत्कालिन एमाले र माओवादी एक भएर नेकपा बनेपनि टान, निर्माण ब्यवसायी लगायतका क्षेत्रमा भएको चुनावमा पनि नेकपाले अपेक्षा अनुसार नतिजा निकाल्न सकिरहेको थिएन् । त्यसमाथी उपचुनावमा पनि आफैभित्रको अन्र्तघातको सिकारको पहिले देखि नै नेताहरुलाई त्रास थियो । सार्वजनिक परिणामले पनि नेकपालाई त्यही अन्र्तघातले खाएको सजिल्यै देख्न सकिन्छ ।

२०७४ मंसिर ४ को आम चुनाव यता भएका सामाजिक र व्यवसायिक संस्थाका अधिकांश चुनावमा नेकपाका उम्मेदवारहरु पराजित भएका थिए । अधिकांश पराजय पार्टी भित्रकै अन्तर्घातका कारण भएको नेकपाको आन्तरिक रिपोर्ट त्यसबेला पनि थियो । त्यही आन्तरिक अन्र्तघातको ब्यवस्थापनमा नेकपा जुट्न नसक्दा भक्तपुर, धरान उपमहानगर जस्ता रणनीतिक अर्थ राख्ने स्थानमा पराजय ब्यहोर्नु परेको छ । विपक्षीले भने पार्टीभित्रको अन्र्तघातले भन्दा पनि सरकारको अलोकप्रियताका कारण नेकपाले हार व्यहोरेको दाबी गरेका छन् ।

नेकपाले उम्मेदवार चयन गर्दा पनि जनताको अपेक्षा अनुसारको काम गर्न सक्ने भन्दा पनि गुटको संरक्षण गर्ने ढंगले मात्र दिन खोजेकोले परिणाम सकारात्मक नआएको विश्लेषण पनि पार्टीभित्र हुन थालेको छ । धरानमा नेकपाले २८ वर्ष देखिको आफनो गढमा काँग्रेसलाई झण्डा फहराउन दिने काम आफैले गरेको बताइन्छ ।

अनावश्यक कर, जनप्रतिनिधीहरुको स्वेच्छाचारी प्रवृति जस्ता कारण पनि नेकपाले त्यहाँको जनमत गुमाएको चर्चा पनि अहिले शुरु भएको छ । उम्मेदवार चयनमा भागवन्डा लगाउन खोज्दा पनि धरानको उपचुनावमा काँग्रेसले बाजी मार्ने अवसर पाएको माधव नेपाल निकट नेताहरुले बताउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस