काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र मार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था भएको बताउँदै आफ्नो पूर्ण रूपमा साथ,समर्थन रहने बताए ।
“तपाईँहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो । तपाईँहरूको यस मागमा मेराे पूर्ण रूपमा साथ रहन्छ ,” अध्यक्ष प्रचण्डले भने ।आफूले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको समेत अध्यक्ष प्रचण्डले बताए । यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय भएको समेत त्यस अवसरमा प्रचण्डले बताए ।
उनले भने, “पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष हुन् । अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु