हारेपछि जंगिए रवीन्द्र मिश्र

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, ०६ : ३६
हारेपछि जंगिए रवीन्द्र मिश्र

काठमाडौं । साझा पार्टीले उपनिर्वाचनमा जमानत नै जफत हुने गरी पराजय बेहोरेको छ ।

पराजयपछि सो पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचन परिणामले भ्रष्टता, असक्षमतालाई अनुमोदन गरेको दाबी गरेका छन् ।

‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहन गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले सामाजिक सञ्जालमा छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

साझा पार्टीले आफूलाई वैकल्पिक शक्ति दावी गर्दै आएपनि जनताले पत्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस