सरकारी र अत्यावश्यक सवारी साधनमा जोर विजोर लागु छैनः ट्राफिक प्रहरी

पत्रपत्रिकाबाट

आइतबार, १५ मंसिर २०७६, ०६ : ५९
सरकारी र अत्यावश्यक सवारी साधनमा जोर विजोर लागु छैनः ट्राफिक प्रहरी

काठमाडौं । महानगरीय प्रहरी महाशाखाले १३ औ साग खेलकुदमा अत्यावश्यक, सरकारी साधन र संचारमाध्यमको सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु नहुने जनाएको छ ।

सरकारले साग खेलकुलको उद्घाटन हुने दिन भोली मंसिर १५ गते विजोर र सामापन हुने दिन २४ गते जोर नम्बरको सवारी साधन संचालन गर्न सुचना जारी गरेको थियो । महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले साग खेलकुदको उद्घाटन र समापनको संचार माध्यम, अत्यावश्यक र सरकारी सवारी साधनमा यो व्यवस्था लागु नहुने जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस