गृहमन्त्रीदेखि मेयरसम्मलाई सर्वोच्चमा अवहेलना मुद्दा

पत्रपत्रिकाबाट

शनिबार, १४ मंसिर २०७६, ०७ : ४४
गृहमन्त्रीदेखि मेयरसम्मलाई सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र काठमाडौँ महानपालिका मेयर विद्यासुन्दर शाक्यमाथि अवहेलना मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै काठमाडौँ महानगरको मेयरविरुद्ध अबहेलना मुद्दा दायर भएको हो ।

१६ भदौं २०७२ मा सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासबाट अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलगायत हटाउन फैसला भएको थियो ।

तर सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि अवहेलना मुद्दा दायर भएको हो ।नयाँ पत्रिकामा याे खबर छ ।

प्रतिक्रिया दिनुहोस