काठमाडौं। क्याटरिना कैफलाई पनि लभ अफेयर्सले नछाड्ने नै भयो। सलमान खानसँगको ब्रेकअपपछि शुरु भएको उनको अफेयर्स चर्चा कहिले कोसँग जोडिन्छ, कहिले कोसँग। तर अन्त्यमा हुने ब्रेकअपै हो।
खानपछि यी सुन्दरीको मन रणवीर कपुरसँग बस्यो तर रणवीरसँगको सम्बन्ध पनि लामो गएन। रणवीरको मन आलियाले चोरेपछि एक्लिएकी उनको नाम अहिले बलिउड नायक विक्की कौशलसँग जोडिएर आउन थालेको छ।
हालै क्याटरिना र विक्की डिनर डेटमा रहेको तस्बिर आएपछि यी दुवैको प्रेमलीलाको चर्चा चुलिएको त छ तर यी दुईमध्ये कसैले पनि यसबारे बोलेका भने छैनन्। शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ मंसिर २०७६, २० : ५५
लेखकबाट थप