‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १५ : ५३
‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’ बोलको गीत सार्वजनिक

काठमाडौं । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि कलाकारले त्यसको विरोधमा धमाधम देशभक्तिका गीतहरु बाहिर ल्याइरहेका छन् । यस्तैमा युवा गायकहरुको एक समुहले कालापानीमा गरेको हस्तक्षेपलाई समेटर नयाँ गीत ‘छल गरेर धोका दिने नालापानीमा...आँखा लाउन छोड अब कालापानीमा’बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा राष्ट्रियता प्रतिको माया, हाम्रा पुर्खाको वीरताको गाथा समेत सम्झिएको छ । युट्युबमार्फत सार्वजनिक गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालको स्वर रहेको छ ।  धिरजनाथको शब्द तथा संगीत रहेको गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।

छिमेकी मुलुकले गरेको सीमा अतिक्रमणविरुद्ध आवाज उठेका बेला यस्ता गीतबाट अपिल गर्दा थप बल पुग्ने अपेक्षा यो गीतका गायक गायिकाले गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस