चितवन । केन्द्रीय अस्पतालको स्तर पाएको भरतपुर अस्पतालको सेवा क्रमशः बढ्दै गएको छ । सबैभन्दा प्रभावकारी सेवा भरतपुर अस्पतालको सुत्केरी सेवा देखिएको छ । भरतपुर अस्पतालको सुत्केरी सेवा नेपालकै दोस्रो उत्कृष्ट सेवाभित्र पर्छ ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म चार महिनाको अवधिमा मात्र ५ हजार ३२७ जनाले सुत्केरी सेवा लिएका छन् । बितेको चार वर्षमा भरतपुर अस्पतालमा ५२ हजार २८ जनाले सुत्केरी सेवा लिएका छन् ।
चार वर्ष चार महिनामा ५७ हजार ३५५ जनाले सेवा लिएका भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर अस्पतालको सुत्केरी सेवा देशभरमै उत्कृष्ट छ, वर्सेनि सेवा लिनेको संख्या बढिरहेको छ ।’
उहाँले भरतपुर अस्पतालमा सुत्केरी सेवालाई बेड कमी भइरहेको बताउँदै भन्नुभयो, ‘कुनै बेला त भुइँबाटै समेत सुत्केरी सेवा अस्पतालले दिइरहेको छ ।’
भरतपुर अस्पतालमा गत वर्ष सबैभन्दा बढीले सुत्केरी सेवा लिएको तथ्यांकमा देखिन्छ । सूचना अधिकारी पौडेलका अनुसार आर्थिक वर्ष २०७५\७६ मा सबैभन्दा बढी १३ हजार ५४५ जनाले सुत्केरी सेवा लिएका छन् । जसमा अस्पतालका चिकित्सकहरुले आर्थिक वर्ष २०७५\७६ मा चार हजार ६७ जनाको औजार प्रयोग गरी सुत्केरी गराएका थिए ।
सोही वर्ष ४१७ जनाले शल्यक्रियाबाट शिशु जन्माएका थिए । नौ हजार ६१ जना सामान्य सुत्केरी भएका छन् । आर्थिक वर्ष ०७४\०७५ मा १३ हजार ५ सय २५ जनाले सुत्केरी सेवा लिए । यो वर्ष सामान्य सुत्केरीको संख्या नौ हजार २८२ छ । औजार प्रयोग गरी शिशु जन्माउनेको संख्या तीन हजार ४३७ र अप्रेसनबाट शिशु जन्माउनेको संख्या ८०७ रहेको छ ।
अस्पतालले सफल खबरलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७३\०७४ मा सुत्केरी सेवा लिनेको संख्या १२ हजार ९८० छ । ०७२\०७३ सुत्केरी सेवा लिनेको संख्या ११ हजार ९७८ रहेको थियो ।
‘भरतपुर अस्पताल सुत्केरीको प्रभावकारी सेवा दिने अस्पतालको रुपमा परिचित हुँदै गएको छ, यसलाई अझ प्रभावकारी बनाउन अस्पताल लागिरहेको छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘चालु वर्षमा मातृ मृत्युदर छैन, गत वर्ष चार जनाको आमाको मृत्यु भएको तथ्यांकमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ मंसिर २०७६, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित