काठमाडौँ । कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।
काठमाडौँमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले रु छ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राख्नुभयो । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेष्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भन्नुभयो । टेष्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उहाँलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गर्नुभयो ।
प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै रु २० लाख चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो । पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउनुहुन्छ । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उहाँले बताउनुभयो । उसले यसअघि पनि टेष्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा