फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजीरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
रेलले ठक्कर दिएको कार पूर्ण रुपमा कुच्चिएको अधिकारीहरुले जानकारी दिएका छन् । रेलतर्फ भने केही क्षति नभएको र कोही पनि घाइते नभएका सो रेल सञ्चालक संस्थाले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ मंसिर २०७६, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते