सीके राउतको जनमत पार्टीद्वारा राजधानीमा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, २० : ११
सीके राउतको जनमत पार्टीद्वारा राजधानीमा प्रदर्शन

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानीमा प्रदर्शन गरेको छ ।

जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको सन्र्दभमा शनिबार प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो । प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस बर्ष ७ गते नै मनाएको हो ।

 अगाडी राजधानीका विभिन्न स्थान गौशला, महाराजगञ्ज, र्कितिपुर लगायत स्थानबाट झाँकी सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर सिके राउतले  मधेसी, थारु, आदिवसी जनजातिसंग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताए ।

प्रतिक्रिया दिनुहोस