हतियार बुझाउन प्रशासनको निर्देशन

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १६ : २७
हतियार बुझाउन प्रशासनको निर्देशन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति लिएर राखिएका हतिहार बुझाउन जिल्लाबासीलाई निर्देशन दिएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले अनुमति लिएर राखिएका साना तथा ठुला हतियार मंसिर ११ गते बुधबारभित्र बुझाउन निर्देशन दिएको हो । 
उपनिर्वाचनलाई धाँधलीरहित, भयरहित, शान्त वातावरणमा सम्पन्न गराउन आमनागरिकको पनि दायित्व भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै हतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । चितवनको भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा वडा अध्यक्षको उपनिर्वाचन हँुदैछ । 

प्रतिक्रिया दिनुहोस