बैतडी । मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते हुनुभएका एक वृद्धाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो । गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नंको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बिपिन नाथ फरार छन् । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते