सुर्खेत । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
प्रहरीले उहाँको साथबाट भे९प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ । प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।
जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिनुभयो । “चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।” (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ