पद खुस्किनुअघि नै मातृकाले छाडे क्वाटर

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, २३ : ५१
पद खुस्किनुअघि नै मातृकाले छाडे क्वाटर

फाइल फोटो

काठमाडौँ । बुधबार साँझ उद्योगमन्त्री मातृका यादवको मन्त्री पद गयो । उनको ठाउँमा लेखराज भट्ट आएका छन् । 

तर उनले मन्त्री पद खुस्किनुअघि नै पुल्चोकस्थित क्वाटर छाडेका छन् । 

आफू बुधबारदेखि भक्तपुरको ठिमी चारदोमा सरेको यादवले जानकारी दिए । 
उनले गाडी समेत फिर्ता गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस