Safal Khabar - कविता : नेपाल आमा, तिमीलाई पत्र लेख्दैछु
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
कविता : नेपाल आमा, तिमीलाई पत्र लेख्दैछु
बुधबार, ०४ मङि्सर २०७६, १४ : ३०
कविता :  नेपाल आमा, तिमीलाई पत्र लेख्दैछु

- कमला बुढाथोकी सरुप
आमा
भन्ज्याङ भरिभरि
सयपत्री फुल्न म संघारमा उभिएर
सपनाभरि र तिम्रा पोल्टा भरिभरि
शान्ति पस्किन हतारिएकी छु
तिमीसँग
आँखा भरिभरि
पिरती बाँचेर रुपान्तरित हु“दै
म स्थिरताको पत्र लेख्न हरेक सा“झ
उपल्लो बारीमा उभिएर
घामका खातिर शुभकामनाहरु आयोजना गर्न
विर्सर्जित अस्तित्वसँगै अलिकति सौर्न्दर्य बाँचेर
शब्दहरु कापी भरिभरि विर्सर्जित छन्
तिमी माटो र मुटुसम्म पोखिएर
सक्रियता पस्किन
विक्षिप्तता
निस्तब्धता र निर्रथकतालाई किनारा लगाउँदै
म अँगालो भरिभरि
माया पठाउन तिमीलाई
चारैतिरका सपनाहरु बटुलेर
विश्वासहरुमा
निरुत्तर र निस्तब्धता छिचोल्दै
त्र्रिो मुटु स्पन्दन बाँचेर
उपल्लो बारीको डीलबाट यो पत्र कोर्दैछु
तिमी दुख्दा मन दुख्छ
छिया छिया हुन्छ र भयभीत हुन्छ
साँच्चै छाती भित्रभित्र
मृत्यु र डढेलोको खडेरी परेको छ
तिमीलाई चन्द्रमा सौर्न्दर्य पस्कन र
निस्पट्ट अँध्यारा सडकहरु पन्छाउँदै
हाम्रो प्रतीकताको लागि
सानीआमाको छेउको डीलमा उभिएर
यो पत्र लेख्दैछु
तिमी रगताम्मे परिवेशमा रोइरहेकी छौ र
मेरा आँखाहरु ओभाएका छैनन्
म त मान्छेका बस्ती बस्ती छिचोल्दै
तिमीसम्म घाम पुर्‍याउन
तिमीसम्म शीतलता र्छन यो डीलमा उभिएर
मेरा सम्पूर्ण उमेरहरु पस्कदै
एउटा उज्यालो बिहानीको लागि पत्र कोर्दैछु ।

प्रतिक्रिया दिनुहोस