वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदानमार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल

मंगलबार, ०३ मंसिर २०७६, १६ : २०
वर्तमान सरकारप्रतिको असन्तुष्टि मतदानमार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् । 
मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गरे । 
 ‘अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाइको दम्भसहित सरकारबाट भएका गलत क्रियाकलापप्रति जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जान्छ’ पौडेलले भने । वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस