काठमाडौं । बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित निकालेको छ । राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो ।
नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङले ४५।५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाउन सक्यो ।
हङकङका किन्चिट शाहले ५३, एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।
नेपालका लागि करण केसी र अविनास बोहराले ३–३ विकेट लिए भने सुशन भारीले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय १७ रन जोडेको थियो । नेपालको सुरुवात भने खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए ।
कुशल भुर्तेल १ रन आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८९ रनको योदन दिए । शरद र दिपेन्द्र सिंह ऐरीबीच ८३ रनको साझेदारी रह्यो । जसमा दिपेन्द्रले ३७ रनमा बनाएका थिए । आरिफ शेख ४८ रन बनाए भने विनोद भण्डारीले १५ रन जोडेका थिए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हङकङका लागि मोहमद अजिज खानले ३ विकेट लिए भने नस्रुलाह राना र एहसान नवाजले २र२ विकेट लिए ।
जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल मंसिर २ गते बंगलादेशसँग खेल्नेछ।
नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए ।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि