काठमाडौं । नाइट क्लबमा भेटिएका चार फुटबल खेलाडी कारबाहीमा परेका छन् ।
विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई कारबाहीमा परेका हुन् । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएका थिए ।
चारै जनालाई एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर हटाएको हो । एन्फाका प्रवक्ता किरण राईले चार जना अनुशासनको कारबाहीमा परेको पुष्ट गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै