बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा इन्जिनियरिङमा स्नातक गर्दै

एजेन्सी

शनिबार, ३० कार्तिक २०७६, १४ : २२
बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा इन्जिनियरिङमा स्नातक गर्दै

एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा स्नातक उत्तिर्ण गर्न लागेका छन् । 

लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक कठिन इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका थिए । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाई अर्को महिना डिसेम्बरमा सकिंदैछ । 

शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जीनियरिङमै पीएचडी गर्ने योजनामा छन् । पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउने सिमोनका पिताले बताए । 
लरेन्टको प्रतिभा पहिलो पटक उनका हजुरबुवा–हजुरआमा पहिचान गरेका थिए । उता लरेन्टका अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताए ।

प्रतिक्रिया दिनुहोस