रोटरीको निःशुल्क दन्त परीक्षण

सफल खबर संवाददाता

शनिबार, ३० कार्तिक २०७६, १२ : ५७
रोटरीको निःशुल्क दन्त परीक्षण

चितवन । बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको उपलक्षमा नारायणगढ रोटरी क्लव, नारायणगढ रोट¥याक्ट क्लव र बालमाविद् अलम्नाइ एशोसियसनको संयुक्त आयोजनामा आज एक कार्यक्रमबीच बालकुमारी माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त रोग परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ रोटरी क्लवका सदस्य सेवन पन्तको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय गरी करीव ३०० जना दन्त रोगीहरूको दन्त परीक्षण गरिएको थियो ।

नारायणगढ रोटरी क्लवले आप्नो वार्षिक कार्ययोजना अनुरुप हरेक वर्ष दन्त परीक्षण कार्यक्रम गर्दै आएकोमा यो वर्ष बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव वर्षको अवसर पारेर लायन्सचोकमा अवस्थित युनाइटेड डक्टर्स डेन्टल क्लिनीकको सहयोगमा डा. सिर्जना द्वाको नेतृत्वमा दाँतका बिरामीहरूको निःशुल्क दन्त परीक्षण गरिएको क्लवका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताए ।

प्रदेश नम्वर ३ का सांसद् मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवम् बालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालमाविद् अलम्नाइ एशोसियनका अध्यक्ष बद्रिलाल प्रधान, नारायणगढ रोट-याक्ट क्लबका अध्यक्ष सन्तोष थापा लगायत नारायणगढ रोटरी क्लवका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू मनोज प्रधान, विशाल श्रेष्ठ, रोहित श्रेष्ठ, रमेश श्रेष्ठ, नारायण प्रधान र अन्य सदस्यहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस