कार्ड भुक्तानीमा भ्याट फिर्ता गर्न नसकिने

पत्रपत्रिकाबाट

शनिबार, ३० कार्तिक २०७६, ०८ : ३०
कार्ड भुक्तानीमा भ्याट फिर्ता गर्न नसकिने

काठमाडौँ । बजेटमा व्यवस्था भए अनुसार कार्ड मार्फत हुने भुक्तानी  मुल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

कार्ड भुक्तानीका लागि प्रयोग गरिने पोस मेसिनमा प्रयोग हुने सफ्टवेयर अन्तर्राष्ट्रिय मापदण्डको हुने तर त्यस्तो मेसिनबाट बिललाई परिमार्जन गरी पठाउन नसकिने भएकोले तत्कालका लागि यो प्रणाली व्यावहारिक नभएको निष्कर्षको टोलीको छ ।  अध्ययन टोलीले यही निष्कर्षसहितको प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई पेस गर्ने प्रक्रियामा छ । गोरखापत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस