भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर काठमाडौँमा

पत्रपत्रिकाबाट

शनिबार, ३० कार्तिक २०७६, ०८ : १४
भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर काठमाडौँमा

काठमाडौँ । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । युनिसेफका सद्भावना दूत रहेका सचिन युनिसेफको कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई नेपाल ल्याएको हो । सचिन नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै भारत फर्कंदै छन् ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले नेपाल आउँदा आफुलाई निकै खुसी लागेको बताए । क्रिकेटका भगवानको उपाधि पाएका सचिन नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् । यस अघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्कर र महेन्द्र सिंह धोनीले नेपालको भ्रमण गरेका थिए । त्यस्तै दक्षिण अफ्रिकी जोन्टी रोड्स लगायत क्रिकेटर पनि नेपाल आईसकेका छन् ।  । नेपाल समाचारपत्रमा खबर छ ।