सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने ?

पत्रपत्रिकाबाट

शनिबार, ३० कार्तिक २०७६, ०७ : ४०
सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने ?

काठमाडौं । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्र्तराष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अन्र्तराष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। । सीमा सम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए मात्रै अन्र्तराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएका छन्। ।

पूर्व राजदूत दीपकुमार उपाध्याय सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न सजिलो नभएको बताउँछन्। । समाधानका लागि पहिला कूटनीतिक पहल गर्नुपर्ने, त्यो नभए राजनीतिक स्तरबाट समाधान गर्नुपर्ने र त्यसबाट पनि समाधान नभए अन्य विकल्पमा जान सकिने उनको भनाइ छ । उनले भने, ‘लडाइँबाट समस्या समाधान हँुदैन । प्राथमिकता र निरन्तरताले मात्रै सीमा विवाद टुंग्याउन सकिन्छ ।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस