नारायणगढ बजारमा स्रोत नै नखुलेका मोवाइलहरुको विक्री बढ्दो

आर्थिक शुद्धताको प्रमाण दिन व्यवसायीलाई महानगरको निर्देशन

प्रकाश सिग्देल

शुक्रबार, २९ कार्तिक २०७६, १६ : ५४
नारायणगढ बजारमा स्रोत नै नखुलेका मोवाइलहरुको विक्री बढ्दो

– प्रकाश सिग्देल
चितवन । भरतपुर महानगर पालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरले ईन्द्रदेव मार्गका आधा दर्जन बढी मोवाइल पसलको अनुगमन गरेको हो  ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतको निर्देशनमा भरतपुर महानगर , प्रशासन कार्यालय, नेपाल टेलिकम, नेपाल प्रहरी, उपभोक्ता अधिकारकर्मी सबैको सहभागितामा अनुगमन गरिएको भरतपुर महानगरका अनुगमन अधिकारी देविप्रसाद आचार्यले बताउनु भयो ।

अनुगमनका क्रममा सबै जसो व्यवसायीले  स्रोत नै नखुलेका मोवाइलहरुको विक्री गरिरहेको भेटिएको र व्यवसायीले खरिद गरेको प्रमाण पनि देखाउन नसकेको, विक्री बिल पनि दिन नसक्ने आफूहरुलाई जनाएको आचार्यको भनाई छ । त्यस्तै केही व्यवसायीले व्यवसाय दर्ता समेत नगरेको, नविकरण नगरेको पाइएको उहाँले जानकारी दिनु भयो । सो क्रममा एटुजेट मोवाइल हाउस, ह्ंस टेक्नोजोन, दिपक मोवाइल पसल, द मोवाइल इम्पायर, एम थ्रि मोवाइल सेन्टर, लेटेस्ट मोवाइल एण्ड घडि पसल लगायतका पसलहरुको अनुगमन गरिएको र अधिकांसले पुराना मोवाइल  विक्री गर्ने गरेको र तिनीहरुको खरिद र विक्री बिल समेत देखाउन नसकेको अनुगमन अधिकारी आचार्य बताउनु हुन्छ । 
व्यवसायीलाई पहिलो चरणमा पारदर्शीताको सुझाव दिएको, हरेक ग्राहकलाई भ्याट बिल जारी गरी शुद्धताको प्रमाण दिन व्यवसायीलाई निर्देशन गरिएको र अब पुनः अनुगमन गर्दा यस्तै अवस्था देखिए कडा कारवाही गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस