तिहार यता नेकपा नेताहरु बिच संवाद बाक्लिदै,कहिले के भयो? (डेटलाईन सहित)

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, ०८ : २४
तिहार यता नेकपा नेताहरु बिच संवाद बाक्लिदै,कहिले के भयो?  (डेटलाईन सहित)

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरुको सम्वाद बाक्लिएको छ । तिहार पछि नेकपाका शीर्ष नेताहरु मन्त्रिपरिषद्  पुर्नगठन देखि पार्टीको भावी कार्ययोजना बनाउने सम्मका लागि सम्वादमा नेताहरु जुटेका छन् ।

मृगौलको बिरामी रहेका प्रधानमन्त्री केपी ओली पार्टी भित्रका गर्नुेपर्ने निर्णय, मन्त्रिपरिषद् पुर्नगठन र संबैधनिक निकायका नियुक्ति देखि महत्वपूर्ण काम टुंगो लगाएर उपचारका लागि विदेश जान खोज्दैछन् ।

त्यसका लागि उनले पार्टीमा कार्यकारी जिम्मा अध्यक्ष प्रचण्ड र सरकारमा कार्यवाहक प्रधानमन्त्री सम्म चलाउन सक्ने गरी उपप्रधानमन्त्रीको खोजीमा छन् । यही कारण पनि तिहाार यता नेकपाका नेताहरुको भेटघाट बाक्लिएको छ । असंतुष्ट रहेका नेताहरुलाई समेत मिलाउन अनेकन प्रयासहरु प्रधानमन्त्री ओलीले गर्न खोजिरहेका छन् । त्यही क्रममा वालुवाटार मात्र होइन, खुमलटार र अन्य शीर्ष नेताहरुका निवासमा समेत अलग अलग रुपमा एक–अर्काे नेतालाई जानकारी गराएरै भेटघाट बाक्लिदो छ । आजै पनि दुई अध्यक्षका बिचमा संवाद हुदैछ । साँझ प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आह्रवान गरेका छन् ।

यस्तो छ तिहार यता नेकपा नेताहरुको भेटघाट हेर्नुहोस डेटलाइन सहित

कात्तिक १३ : प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा अकास्मिक डायलासिस । अस्पताल भर्ना ।

कार्तिक १४ :  प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा दोश्रोपटक डायलासिस । बेलुकी अस्पतालबाट डिस्चार्ज ।

कार्तिक १५ :  दुई अध्यक्ष र महासचिव पौडेलका बिचमा भेटवार्ता । सचिवालय बैठक बोलाउने समझदारी ।

कात्र्तिक १६ :  सचिवालय बैठक । आफु सिकिस्त नभएको तर मृगौलाले काम नगरेको स्वास्थ्य अवस्थाको नेताहरुलाई प्रधानमन्त्रीको ब्रिफिंग । डायलाइसिस या पूनः मृगौला प्रत्यारोपण मध्ये एक गर्नुपर्ने । के गर्ने भन्नेमा चिकित्सकहरुसँग परामर्शमा रहेको जानकारी ।

कात्र्तिक १७ :  मन्त्रिपरिषद वैठक राखेर प्रदेश प्रमुखलाई पदमुक्त । केही थप नियुक्तिहरु पनि । राष्ट्रपतिसँग भेट । पार्टी सचिवालय वैठक । प्रदेश प्रमुख नियुक्तिका लागि सामान्य छलफल ।

कात्र्तिक १८ : सचिवालय वैठकले प्रदेश प्रमुख नियुक्तमा नाम सिफारिस । (माधव नेपालको असहमति) । मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख नियुक्तिको सिफारिस ।

कात्तिक २१ :  माधव नेपाल र प्रचण्ड भेटवार्ता (खुमलटारमा) त्यसपछि प्रचण्ड, ओली र विष्णु पौडेल भेटवार्ता ।

कात्तिक २२ :  प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यको सामुहिक राजीनामा । १ मंसिरवाट लागु हुने गरी । प्रधानमन्त्रीको सहजताका लागि राजीनामा ।

कार्तिक २३ :  सर्वदलीय बैठक आह्रवान । कालापानी क्षेत्रमा लिम्पियाधुरासम्म नेपाली भूभाग भएकोमा सवै राजनीतिक दलहरुको एउटै मत ।

कात्र्तिक २४ :  ओली, प्रचण्ड, विष्णु पौडेल र रामबहादुर थापा बिचमा वार्ता । सचिवालय बैठक दोलाउने समझदारी ।

कार्तिक २५ :  नेकपा सचिवालय वैठक । केन्द्रीय आयोग, सल्लाहकार परिषद जेष्ठ कम्युनिष्ट मञ्च गठन ।

कात्र्तिक २६ : ओली माधव नेपालबीच वालुवाटारमा लामो भेटवार्ता । तिक्तता मेटने प्रयास ।

कात्र्तिक २७ :  ओली, प्रचण्ड र देउवा बिच वालुवाटारमा भेटवार्ता । साँझ पुनः ओली–नेपाल भेटवार्ता ।

कार्तिक २८ :  प्रचण्ड, माधव नेपाल र नारायणकाजी बिच भेटवार्ता । ओली, प्रचण्ड दुई चरणमा भेटवार्ता ।

प्रतिक्रिया दिनुहोस