चितवन । नुहाउने क्रममा एक युवा त्रिसुली नदीमा बेपत्ता भएका छन । पर्सा विरगञ्ज उपमहानगरपालिका ३२ का २१ वर्षीय विजय लामा नुहाउने क्रममा इच्छाकामना गाँउपालिका ४ धारापानी भन्ने स्थानबाट त्रिशुलीमा वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनि आज दिउँसो ३ बजे बेपत्ता भएको प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए । उनको प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको प्रहरी टोली खोजीकार्यमा जुटेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका लामा इच्छाकामना ४ मा विभिन्न निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका थिए । अहिलेसम्म फेला नपरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ कार्तिक २०७६, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन