तपाईलाई सधैँ रिस उठ्छ ? यसरी गर्न सकिन्छ रिसको नियन्त्रण

सफल खबर संवाददाता

बुधबार, २७ कार्तिक २०७६, १९ : ५७
तपाईलाई सधैँ रिस उठ्छ ? यसरी गर्न सकिन्छ रिसको नियन्त्रण

फाईल फोटो

काठमाडौँ । वैज्ञानिकहरुको अनुसार कहिलेकाँही रिस उठ्नु सामान्य कुरा हो , तर यदि सधै धेरै रिस उठेको महसुस भएमा यो एक मानसिक रोग हो । जुन बेला हाम्रो दिमाख शून्य हुन्छ ।

रिस मानिसहरुलाई आफुले चाहेको जस्तो नहुदाँ ,अरुको कुरा मन नपरेमा उठ्ने गर्छ । जसले फाइदाभन्दा पनि बढी हानि गरिरहेको हुन्छ । किनभने मानिसहरु धेरै रिस उठ्दा आत्माहत्या ,हत्या , हिंसा जस्ता डरलाग्दो क्रियाकलापमा सम्लग्न हुन्छन् । त्यसैले आज हामी धेरै रिस उठेमा कसरी नियन्त्रण गर्ने भन्ने उपाय सिकाउदै छौँ ।

यसरी गर्न सकिन्छ रिसको नियन्त्रण
–पहिलो कुरा सन्तुलिन भोजन खानुपर्छ । त्यसका साथै धेरै तेल ,मसला र पिरो भएको खानेकुरा पनि खानु हुदैन् ।

–रिस कम गर्नको लागी नियमित ब्यायाम गर्नुपर्छ ।

–बेलुका समयमा सुत्ने र विहान समयमा उठ्नुपर्छ । साथै मज्जाले निन्द्रा पुग्नेगरी सुत्नुपर्छ ।

–त्यस्तै धुम्रपान र मद्यपान सेवन गर्नु हुदैन् ।

–रिस उठेको महसुस भएमा लामो लामो सास फेर्नुपर्छ ।

–आफुलाई मन पर्ने मिठो संगीत सुन्नुपर्छ ।


 

प्रतिक्रिया दिनुहोस