– प्रकाश सिग्देल
चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढ–गैंडाकोट–बुटवल सडकखण्ड विस्तारका लागि ठेकेदार कम्पनीले पाकिस्तानबाट ६० वटा निर्माणका ठूला उपकरण झिकाएको छ । वन मन्त्रालयले रुख कटानको अनुमति दिएसँगै कामलाई तीव्रता दिन निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोेरेसन कम्पनीले पाकिस्तानबाट ६० वटा हेबि निर्माण उपकरण झिकाएको आयोजनाले बताएको छ । निर्माणका लागि चाहिने अत्यावश्यक ठूला प्रकारका ६० उपकरण एक्साभेटर, टिपर, ट्रक, कस्रर पलान्ट, रेडीमिक्स, कंक्रिट उत्पादन पलान्ट कलकत्तामा आएको आफूलाई निर्माण कम्पिनीले जानकारी दिएकोे आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले बताउनुभयो । ठेकेदारको पाकिस्तानमा पनि प्रोजेक्ट रहेको र त्यहाँ काम सकिएकाले त्यहाँको उपकरण नेपाल ल्याईएको उहाँले जानकारी दिनुभयो ।
कम्पनीले पूर्वि नवलपरासीमा रजहरमा रेडिमिक्स पलान्ट र पश्चिम नवपरासीको भुमहिमा रेडिमिक्स पलान्ट राख्ने तयारी समेत गरेको छ । अहिले निर्माण कम्पनीले प्ुाल निर्माणको पाईल परिक्षण गर्ने काम सुरु गरिरहेको उहाँले जानकारी दिनुभयो । पुरानो डिजाईनमा गरेको माटो परिक्षणमा केही कम्जोरी छ या छैन भनि पहिचानका लागि पुन पाइल परीक्षण गरिएको अधिकारी बताउनु हुन्छ ।
पहिलाको डिजाईनमा माटोमा समस्या देखिए पुनः डिजाईन गर्नुपर्ने भएकाले पनि पाईल परीक्षण अनिवार्य भएको र कुनै विशेष परस्थितीबाहेक अन्य अवस्थामा पहिला गरिएको डिजाईनमा फरक नहुने उहाँले बताउनुभयो । उहाँका अनुसार अब केही दिनमा सबै उपकरण नेपाल आउने छन । अहिले उपकरण नआईसकेकाले कच्चा पदार्थ जम्मा गर्ने काम भइरहेकोे अधिकारी बताउनु हुन्छ । अधिकारीका अनुसार काम तीव्र गतिमा अगाडि बढेको छ ।
यो सडक खण्डमा मध्यवर्ती क्षेत्र पनि पर्ने र मध्यवर्ती क्षेत्रको ४ हजार रुख काटनु पर्ने भएकाले यसको अनुमति लिने काममा आफू काठमाडौंमा रहेको उहाँले जानकारी दिनुभयो । एक हप्तामा यसको पनि अनुमति आईसक्ने र धमाधम काम सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ठेकेदार कम्पिनी कामका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।
यस्तै यो सडकमा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण समेत हुने छ । जैविकमार्ग ५ वटा नयाँ र बाँकि कल्भर्ट र पुललाई अल्को बनाएर बहुउपयोगी बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।
सडकमुनिबाट वन्यजन्तु वारपार गर्न सक्ने गरी यी पुल निर्माण हुनेछन । केही स्थानमा हाल पानी निकासका लागि बनाइएका कल्भर्टलाई नै वन्यजन्तु वारपार गर्न सक्ने गरी व्यवस्थापन गरिनेछ । गैँडाकोटबाट दाउन्नेसम्मको करिव पाँच स्थानमा भने वन्यजन्तु वारपारकै लागि भनेर नयाँ पुल निर्माण गरिने उहाँले बताउनुभयो । यसले वन्यजन्तु वारपार गर्दा सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने घटनालाई रोक्न सहयोग पु¥याउने अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, २७ कार्तिक २०७६, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
वर्षापछि पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
नारायणगढ–बुटवल सडक: पूर्वी खण्डको ५० किमी कालोपत्र