उपनिर्वाचन : भरतपुर १६ मा पाँच जनाको उम्मेदवारी

सफल खबर संवाददाता

बुधबार, २७ कार्तिक २०७६, १५ : ३२
उपनिर्वाचन : भरतपुर १६ मा पाँच जनाको उम्मेदवारी

चितवन । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भरतपुर महानगरपालिका १६ मा ५ वटा राजनीतिक पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । वडा अध्यक्षका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नेकपाका तर्फबाट भक्तराज हमालले मनोनयन दर्ता गरे । बाजागाजा र नेता कार्याकतासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हमालको प्रस्तावकमा नारायणप्रसाद अधिकारी र समर्थकमा बद्रीप्रसाद चापागाई रहेका छन् । मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै भक्तराजले भरतपुर १६ मा आप्mनो जित सुनिश्चित रहेको दाबी गरे । यसअघि पनि नेकपाकै उम्मेदवारले जितेको स्थानमा विकासका लागि मतदाताले आफूलाई नै मतदान गर्ने बताए ।
कांग्रेसबाट अमृतराज हमालले मनोनयन दर्ता गराएका छन् । पञ्चेबाजा र नाराजुलुसका साथमा पुगेका हमालले सुरवीर पोख्रेलको प्रस्ताव र यमबहादुर गुरुङको समर्थनमा मनोनयन दर्ता गराएका हुन् । अमृतले पनि आप्mनो जित सुनिश्चित रहेको दाबी गरे ।
समाजवादी पार्टीका तर्फबाट अमरबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनले गणेश बहादुर खत्रीको प्रस्ताव र पुष्पकुमार श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । यसअघि ठुला पार्टीलाई जिताएपनि खासै केहि नगरेकाले यसपालि नयाँ पार्टीलाई मतदाताले परीक्षण गर्न पनि आफूलाई मतदान गर्ने थापाको विश्वास छ । 
राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पुन्नुमाया महर्जनको प्रस्ताव र जोकबहादुर तामाङको समर्थनमा धनप्रसाद घलेले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा संयुक्तका तर्फबाट विष्णुप्रसाद त्रिपाठीको मनोनयन दर्ता भएको छ । धनप्रसाद थापाको प्रस्ताव र सुजन थापाको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध भोली दाबी विरोधको उजुरी समय दिइएको कार्यालयले जनाएको छ । उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेमा २९ गते बिहान ११ बजे निर्णयका लागि उम्मेदवारलाई बोलाइएको छ । ३० गते अन्तिम उम्मेदवारीको नामावली निर्वाचन आयोगमा पठाउने र मंसिर १ गते चुनाव चिन्ह प्रदान गरिने छ । मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । 

खैरहनी ४ र ५ मा चारचार जना
यस्तै खैरहनी नगरपालिका वडा न ४ मा ४ जनाको उम्मेद्धारी परेको छ । नेकपाका तर्फबाट वेद बहादुर अधिकारीले उम्मेद्धारी दर्ता गराएका छन भने कांग्रेसबाट देव बहादुर बस्नेत, राप्रपाबाट अनोज अधिकारी र राप्रपा संयुक्तबाट सीताराम थापाले उम्मेद्धारी दर्ता गाएका छन ।
यस्तै खैरहनी नगरपालिका वडा न ५ मा पनि ४ जनाको उम्मेद्धारी दर्ता भएको छ । नेकपाको तर्फबाट पुननारायण प्रधान, कांग्रेसबाट प्रतिमा कार्कि बस्नेतले उम्मेद्धारी दर्ता गराएका हुन । यस्तै समाजवादी पार्टिबाट विकन महतो र राष्ट्रिय नागरीक पार्टिबाट बलराम चौधरीले उम्मेद्धारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस