Safal Khabar - वामदेव वा नारायणकाजी वरिष्ठ उपप्रधानमन्त्री बन्ने सम्भावना!
शनिबार, २१ मङि्सर २०७६ (Saturday, 7 December, 2019)
वामदेव वा नारायणकाजी वरिष्ठ उपप्रधानमन्त्री बन्ने सम्भावना!
बुधबार, २७ कार्तिक २०७६, ०९ : ५०
वामदेव वा नारायणकाजी वरिष्ठ उपप्रधानमन्त्री बन्ने सम्भावना!

काठमाडौं । बंगलादेशी राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्री फेर्ने तयारी छ। पुनर्गठित मन्त्रिपरिषदको स्वरूप कस्तो होला? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ।

पुनर्गठनपूर्व सबै मन्त्रीले राजीनामा दिने हो भने उपप्रधानमन्त्री ईश्वर पोखरेल र यही मापदण्डभित्र परेर अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव पनि हट्ने होला। त्यसो भएपछि नेकपाका महासचिव विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री दिने तयारी त हुँदै छैन?

वा वामदेव गौतम/नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लगेर गृह र परराष्ट्र मामिला हेर्ने गरी वरिष्ठ उपप्रधानमन्त्री बनाइन पनि सक्छ भनेर आज (बुधबार) को जनआस्था साप्ताहिकले लेखेको छ।

Yeti Diistillery
nic asia

कथम् प्रधानमन्त्री लामो समय उपचारका लागि विदेश बस्नुपर्ने अवस्था आएमा कार्यवाहक प्रधानमन्त्रीबाट पार्टी र सरकार चलाउने हिसाब पो हो कि!

गृहमन्त्री बादल र रक्षामन्त्री ईश्वर पोखरेलले राजीनामा दिने भएपछि सरकार धान्न सक्ने नारायणकाजी र वामदेव संसदबाहिर छन्।

प्रतिक्रिया दिनुहोस