Safal Khabar - प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर
शनिबार, २१ मङि्सर २०७६ (Saturday, 7 December, 2019)
प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर
बुधबार, २७ कार्तिक २०७६, ०७ : ३३
प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो ।

ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् । ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजना कार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस